काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ थप २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।
महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ तोकेकोमा सोमबार थप बढेर १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ४ जहार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको भाउ पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया