काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि हात पारेको छ । आइतबार राति भएको फाइनल खेलमा रियल मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोनाले उपाधि हात पारेको हो ।
बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए । बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया