कलाकारले दुरुस्तै उतारे : यसरी भएको थियो निर्मलाको बलात्कारपछि हत्या

काठमाडौं । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । 

शनिवार दिउँसो माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर युवाहरुले सडक नाटक देखाएका थिए । सो नाटकमा निर्मलाको बलात्कारपछि हत्या कसरी गरिएको थियो भन्ने देखाइएको थियो । 

प्रदर्शनमा उल्लेख्य संख्यामा सहभागी भएका युवाहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर बोक्दै ‘असक्षम गृहमन्त्री राजीनामा दे, गोर्खालीको देशमा न्यायको अनिकाल, प्रहरी–प्रमाण जुटाउनका लागि कि मेटाउन, म निर्मला–मलाई न्याय चाहियो’ लगायतका नारा लगाएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?