‘ए’ डिभिजन लिग : पुलिस र हिमालयन शेर्पाले अंक बाड्यो

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत नेपाल पुलिस क्लब  र हिमालयन शेर्पा क्लबले बराबरी खेलेको छ । 

हल्चोकस्थित शसस्त्र प्रहरी ‘एपीएफ’को मैदानमा शनिवार भएको सातौं चरणको खेलमा विभागिय टिम पुलिस क्लबले हिमालयन शेर्पा क्लबसँग एक-एक गोलको बराबरी गर्दै अंक बाडेका हुन् ।

पुलिस क्लबका लागि खेलको ३२ औँ मिनेटमा तेज तामाङले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको पुलिस क्लबले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

प्रतिस्पर्धात्मक खेलको ७० औँ मिनेटमा हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलमा थप गोल भएन र खेल एक-एकको बराबरीमा सकियो । बराबरीपछि ७ खेलबाट ११ अंक जाडेको पुलिस क्लब लिगको पाँचौ स्थान छ । समान अंक जोडेको हिमालयन शेर्पा क्लब गोल अन्तरको आधारमा पछि पर्दै लिगको छैटो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?