काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीले आइतबार नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोलको मूल्य बढेको र भने डिजेलको मूल्य घटेको छ ।
निगमका अनुसार नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेको छ ।
भारतबाट नयाँ मूल्यसूची आए पनि निगमले भने नेपालमा मूल्य घटाउने बढाउनेबारे कुनै निर्णय गरिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया