रुपन्देही । नेपालको लागि टाटा मोटर्स्को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र टाटा मोटर्स्को सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न गरिएको छ ।
विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भए । ३८७ किमी रेन्ज निकालेर गोपाल शर्मा दोस्रो हुन सफल भए । त्यसै गरी ३७८ किमी रेन्ज निकाल्न सफल सुबोध भट्टराई तेस्रो स्थानमा रहे ।
कार्यक्रममा सहभागी मध्ये २२ जनाले ३०० किमी रेन्ज भन्दा बढी निकालेका थिए । सो कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रथम स्थान प्राप्त गर्न सफल खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसङ स्मार्ट एलईडी टिभी जितेका छन् । त्यसै गरी दोस्रो स्थानमा रहेका शर्माले सामसङ ओभन हात पारे भने तेस्रो स्थानमा रहने भट्टराईले एयर फ्रायर जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया