काठमाडौं । वित्तीय पहुँच विस्तारका राष्ट्र बैंकले चालेको कदम प्रभावकारी देखिएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई स्थानीय तहहरुमा शाखा विस्तार गर्न दिएको निर्देशन बैंकहरुले अक्षरस पालना गर्दा अहिले सबैजसो स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुगेको छ ।
नेपालमा सात वटा प्रदेश अन्र्तगत ७७ वटा जिल्लामा सात सय ५३ स्थानीय तह रहेका छन् । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार ति स्थानीय तह मध्ये सुदूरपश्मि प्रदेश अन्तर्गत रहेको बझाङ जिल्लाको साईपाला गाउँपालिका बाहेक सात सय ५२ स्थानीय तहमा अहिले वाणिज्य बैंकहरुको शाखा पुगेका छन् ।
जसमध्ये प्रदेश नं १ मा एक सय ३७ स्थानीय तह रहेकोमा सबै स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ भने मधेश प्रदेशमा पनि एक एक सय ३६ स्थानीय तह मध्ये एक सय ३६ स्थानीय तहमा नैं बैंकहरुको शाखा पुगेको छ । यसैगरी बाग्मती प्रदेशमा एक सय १९ मध्ये एक सय १९ स्थानीय तहमा नैं बैंकहरुको शाखा पुगेको छ भने गण्डकी प्रदेशमा पनि ८५ वटै स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।
लुम्बिनी र कर्णाली प्रदेशमा पनि क्रमश एक सय नौं र ७९ वटा स्थानी तह रहेकोमा सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा पुगेको छ । सुदुरपश्चिम प्रदेशमा भने ८८ वटा स्थानीय तह रहेकोमा ८७ वटा अर्थात बझाङको साईपाल गाउँपालिकामा मात्र वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी देखिएको छ ।
वाणिज्य बैंकहरुको शाखा पुगेको स्थानीय तहको संख्या
प्रदेश स्थानीय तहको संख्या वाणिज्य बैंकको
शाखा पुगेको संख्या
प्रदेश नं १ १३७ १३७
मधेश प्रदेश १३६ १३६
बाग्मती प्रदेश ११९ ११९
गण्डकी प्रदेश ८५ ८५
लुम्बिनी प्रदेश १०९ १०९
कर्णाली प्रदेश ७९ ७९
सुदुर पश्चिम प्रदेश ८८ ८७
कुल ७५३ ७५२
(श्रोत नेपाल राष्ट्र बैंक)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया