काठमाडौं । देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको छ ।
यस अफर मार्फत प्रयोगकर्ताहरुले ‘आइएमई पे’ एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउने छन् ।
हालसम्म ४० लाख भन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको ‘आइएमई पे’ ले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ ।
कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले एक महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम एक सय रुपैंयाँसम्म क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम एक सय रुपैंयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।
विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउदै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया