काठमाडौं । उत्तरी सेनेगलमा सोमबार बस र ट्रकको ठक्करबाट २० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जना गम्भीर रहेका सरकारी प्रवक्ता अब्दु करिम फोफानाले जानकारी दिएका छन् ।
स्थानीय सञ्चारमाध्यमले यसअघि लुगाको प्रान्तको नगुउने सार सहरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १९ रहेको बताएको थियो ।
पीडितहरूलाई लुगा र सेन्ट लुइसका अस्पतालहरूमा ल्याइएको फोफानाले बताएका छन् । घाइतेहरुको उपचारका लागि सबै व्यवस्था मिलाइएको छ ।
सोमबार भएको यो दुर्घटना सेनेगलको केन्द्रीय काफ्रीन क्षेत्रमा अर्को ठूलो दुर्घटना भएको एक हप्तापछि भएको छ । गत जनवरी ८ मा दुईवटा बसहरू ठोक्किएपछि ४२ जनाको मृत्यु भएको थियो । त्यस त्रासदीको प्रतिक्रियास्वरूप सरकारले अन्तरमन्त्रालय बैठक बोलाएर सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपायहरू घोषणा गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया