एजेन्सी । भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन् भने पाँचको अवस्था गम्भिर रहेको छ । घाइतेहरुलाई विमानबाट जम्मुमा रहेको अस्पताल लगेर उपचार गराइएको छ ।
बस सडकबाट झण्डै १०० मिटर तल खसेको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको मान्दी अस्पलातमा उपचार भईरहेको छ ।
पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अफ्टयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ । बस चटनमा जोडसँग ठोकिएको र बसको छत खसेको अधिकारीहरुले बताएका छन् ।
घाइतेहरु मध्य केहिको अवस्था गम्भिर रहेकाले पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीहरुको अनुमान रहेको छ ।
चालकको लापर्वाही, साँधुरो र खराब अवस्थाको सडक लगायतका कारणले भारतमा धेरै यस्ता दुर्घटना हुने गरेका छन् । भारत विश्वमै धेरै सडक दुर्घटना हुने देशमा पर्दछ ।
एक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी औसतमा एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया