काठमाडौं । शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लब जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जीत हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतवार भएको पहिलो खेलमा एपिएफ क्लबले सरस्वती क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । खेलको १८ औँ मिनेटमा एपिएफका लागि रुप बहादुर लामाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
उनले श्याम नेपालीले दिएको कर्नरबाट दिएको पासलाई उनले सदुपयोग गर्दै हेडमार्फत गोल गरे । प्रतिस्पधात्मक खेलको ४३ औँ मिनेटमा युवराज लामाले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।
पहिलो हाफसम्म २-० गोल अन्तरको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप एक गोल ग-यो । एक पक्षिय रहेको खेलको निर्धारित समय सकिनै लाग्दा एपीएफका रुपले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरेपछि सरस्वती क्लब स्तब्ध बनेको थियो ।
जितपछि एपिएफ क्लब १० अंकका साथ लिगको सातौं स्थानमा उक्लिएको छ । ६ अंकका साथ सरस्वती लिगको नवौ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया