काठमाडौं। बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
गत शुक्रवार बसेको सञ्चालनक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो। कम्पनीले आउँदो पुष २७ गते २६ औँ वार्षिक साधारणसभा मनाउँदै छ । साधारणसभा प्रयोजनका लागि आउँदो पुष ६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको हो।
पुष ५ गते लाभांश शेयरधनीलाई दिने लागेको बताइएको छ । एफपिओ धनीहरुले अहिले घोषणा गरेको सहित जम्मा ४८ प्रतिशत लाभांश पाउनेछन् । साथै ३८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन्।
कम्पनीले गत फागुनमा प्रतिशेयर ५ सय एक रुपैयाँको दरमा ४० लाख ८१ हजार कित्ता ‘एफपिओ’ निष्कासन गरेको थियो।एफपिओ पश्चात कम्पनीले २० प्रतिशत नगद लाभांश घोषणा दिने गरेको थियो। कम्पनीले एफपिओ निष्कासनपछि २० प्रतिशत नगद लाभांश घोषणा गरे पछि लगानीकर्ताले लाभांशको विषयलार्इ लिएर चर्को आलोचना गरेका थिए।
कम्पनीले ५ सय एक एफपिओ निष्कासन गरे पश्चान दोस्रो बजारमा एफपिओको बजार मूल्य भन्दा पनि तल झरेको छ। आइतवार कम्पनीको ओपनिङ प्राइस ४ सय २९ रुपैयाँ छ। गत आर्थिक वर्षमा उक्त कम्पनीको नाफा ७१ करोड २४ लाख थियो। प्रतिशेयर आम्दानी ३२ रुपैयाँ रहेको छ।
एफपिओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ कायम भएको थियो। अहिले घोषणा गरेको १० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३३ करोड पुग्नेछ । गत आर्थिक वर्षको सहित विगत ६ आर्थिक वर्षमा कम्पनीले १ सय ५३ प्रतिशत लाभांश दिएको छ। जसमा १७ प्रतिशत बोनस शेयर र १ सय ३६ प्रतिशत नगद लाभांश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया