एपीएफलाई हराउँदै वालिङ निलो फाइनल प्रवेश

लोकपथ
0
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ खेलमैदानमा सम्पन्न खेलमा एपीएफलाई हराउँदै आयोजक वालिङ युनाईटेड निलो फाइनल प्रवेश गरेको छ । एपिएफ काठमाडौंलाई १–० गोलले पराजित गर्दै वालिङ निलो फाईनल प्रवेश गरेको हो ।

वालिङ युनाईटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकपको आजको खेलमा जर्सी नं. १८ का अजय मार्टिन्सको गोलमा वालिङ निलो बिजयी भएको हो ।
दोस्रो हाफमा दुवै पक्षबाट गोल नभएपछि अन्ततः वालिङ निलो बिजयी हुँदै फाईनल प्रवेश गरेको हो । पराजयसँगै एपिएफ बाहिरिएको छ । बिजयी भएको वालिङ निलोले आगामी शनिबार वालिङ युनाईटेड रातो र एभिनियरबीचको बिजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्ने छ ।

खेलमा वालिङ युनाईटेडका जर्सी नं. ९ का विश्वास श्रेष्ठलाई उत्कृष्ट खेलाडीको पुरस्कार दिईएको छ । आज दोस्रो सेमिफाईनल खेल वालिङ युनाईटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने छ ।

उक्त प्रतियोगिता स्याङ्जा जिल्लाकै सर्वाधिक राशीको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हो । माघ ६ गतेसम्म दैनिक एक÷एक वटामात्रै खेल हुने छ । आगामी शनिबार फाईनल खेल हुने छ ।

प्रतियोगितामा पराजित भएसँगै लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौं र एपिएफ फुटबल क्लब काठमाडौं बाहिरिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. पाँच लाख र द्वितीय हुने टिमले नगद रु. दुई लाख पचास हजारसहित शिल्ड प्राप्त गर्नेछन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?