‘ईपीएल’ क्रिकेट : रबी इन्दरको शतकमा भैरहवा ग्लाडीयटर्सले पहिलो जीत

काठमाडौं ।  भैरहवा ग्लाडीयटर्सले जारी  एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टी–ट्वान्टी क्रिकेट प्रतियोगितामामा विजयी शुरुवात गरेको छ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्सले तेस्रो संस्करणको इपिएल क्रिकेटमा आइतवार भएको खेलमा काइल जेम्स कोट्जरको कप्तानीमा रहेको पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको हो। 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा २ सय १६ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको भैरहवाले १९ दशमलब ४ ओभरमा मात्र ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।

भैरहवाका लागि भारतीय ब्याट्सम्यान रबी इन्द्रर सिंहले शतकीय पारी खेले । उनले ६० बलमा १० छक्का ८ चौकाको मदतमा अविजित १२५ रनको शानदार योगदान दिए । 
प्रहार गरे । त्यस्तै आरिफ शेखले २३ रन तथा पुनित मेहेराले अविजित १८ रन जोडे ।

पोखराका सुशन भारी, बिक्रम सोब र पल कोगलिङले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा  ५ विकेट गुमाउँदै २ सय १५ रनको योगफल तयार पारेको थियो । पोखराका लागि दक्षिण अफ्रिकन खेलाडी रिचर्ड लेभीले ७९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै केली जेम्स कोट्जरले ४७ रन तथा सुनील धमलाले ३८ रन बनाए । 

भैरहवाका लागि कृष्ण कार्की, रायन टेन, अविनास बोहोरा र पुनित मेहेराले समान एक-एक विकेट हात पारे । 

जितपछि भैरहवाले महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत सोमवार चितवन टाइगर्स र काठमाडौं किङस तथा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच खेल हुनेछ  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?