दुई वर्षपछि रोनाल्डो र मेस्सी भिड्दै

लोकपथ
175
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आज साउदी अरेबियाको क्लब अल नासरसँग मेत्रीपूर्ण खेल खेल्दैछ ।

आज हुने पिएसजी र अल नासरबीचको खेल नेपाली समयअनुसार १०:४५ मा रियादस्थित किङ फाहद अन्तराष्ट्रिय स्टेडियममा शुरु हुनेछ ।

अल नसरको कप्तानी क्रिस्टियानो रोनाल्डोले गर्ने भएका छन्। उक्त खेलमा रोनाल्डोले पीएसजीविरुद्ध खेल्दै नसरमा डेब्यु गर्ने छन् ।

खेलमा मेसी र रोनाल्डो दुई वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन् । रोनाल्डो कतार विश्वकप पछि साउदी क्लब अल नासरमा आबद्ध भएका थिए। सन् २०२५ सम्मका लागि उनी २ सय मिलियन युरोमा अल नासरमा आबद्ध भएका थिए ।

रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हुने भएकाले यस खेललाई निकै महत्वका साथ हेरिएको छ ।

६८ हजार सिट क्षमता रहेको किङ फहद इन्टरनेसनल स्टेडियममा टिकट बुकिङका लागि अनलाइनबाट २० लाखभन्दा बढीले आवेदन भरेका थिए ।

साउदी सरकारले एउटा भीआइपी टिकटका लागि अक्सन समेत राखेको थियो । उक्त अक्सनमा सहभागी भएर एक साउदी व्यापारीले २६ लाख डलरमा सो टिकट खरिद गरेका छन् । २ लाख ६० हजारबाट शुरु भएको उक्त अक्सन बुधबार २६ लाखमा टुंगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?