राष्ट्र बैंकले लगायो अटेर गर्ने चार वटा वित्तीय कम्पनीलाई हर्जना

लोकपथ
7
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशनकाे अटेरी गर्ने चार वटा वित्तीय कम्पनीहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गैरस्थलगत सुुपरीवेक्षणको आधारमा कैफियत देखिए पश्चात नेपाल फाईनान्स, जानकी फाईनान्स, समृद्धि फाईनान्स र प्रोग्रेसिभ फाईनान्सलाई कारबाहीस्वरुप हर्जाना लगाईएको हो ।

कारबाही गरिएका मध्ये नेपाल फाईनान्सलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा २०७९ साउनमा १९ हजार तीन सय ६० रुपैयाँ ६६ पैसा र २०७९ भदौमा एक लाख ६५ हजार पाँच सय ८४ रुपैयाँ ४७ पैसा हर्जाना लगाईएको छ । जानकी फाईनान्सलाई पनि कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा २०७९ साउनमा छ लाख ५५ हजार एक सय ९३ रुपैयाँ ८५ पैसा र २०७९ भदौमा छ लाख ३७ हजार सात सय ९९ रुपैयाँ ८४ पैसा हर्जाना लगाईएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकले समृद्धि फाईनान्सलाई भने तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेको आधारमा २०७९ भदौमा ८० हजार सात सय ४४ रुपैंयाँ ८४ पैसा हर्जाना लगाएको छ । यसैगरी प्रोग्रेसिभ फाईनान्सलाई पनि तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेको आधारमा २३ हजार एक सय ८८ रुपैंयाँ ६१ पैसा हर्जाना लगाईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?