पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा फागुन ७ गते आयोजना गर्ने १३ औँ संस्करणको ‘सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन’का लागि बेलायतको लन्डनमा च्यारिटी कार्यक्रम गर्ने भएको छ ।
पोखरेली मञ्च बेलायतले म्याराथनलाई सफल बनाउन मङ्सिर २८ गते च्यारिटी कार्यक्रम आयोजना गर्न लागेको मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिए । विदेशमा रहेर पनि आफ्नो जन्मभूमीमा आयोजना हुने कार्यक्रमलाई सफल पार्न च्यारिटी कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।
‘दौडौँ स्वास्थ्यका लागि, दौडौँ पोखराका लागि” नाराका साथ भूतपूर्व खेलाडी मञ्चले म्याराथन सफल बनाउन तयारी तिव्र पारेको छ । मञ्चका कोषाध्यक्ष कमल गुरुङका अनुसार च्यारिटी कार्यक्रममा सांस्कृतिक प्रस्तुति रहनेछ ।
म्याराथन सफल बनाउन रकम सङ्कलन मात्र नभई बेलायतबाट समेत खेलाडी सहभागी गराउने रहेको भूपू खेलाडी मञ्च कास्कीका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया