फिलिपिन्स र इन्डोनेसियामा शक्तिशाली भूकम्प

लोकपथ
0
Shares

काठमाडाैं । फिलिपिन्स र इन्डोनेसियामा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्काले जनता त्रसित भएका छन् । दुवै देशमा गएको रिक्टर स्केलको भूकम्पले ठूलो घटनाको संकेत गरिरहेको छ । तर अहिलेसम्म कुनै हताहतीको खबर भने आएको छैन ।

फिलिपिन्समा ७.३ र इन्डोनेसियामा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी भागमा बुधबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । अहिलेसम्म कुनै हताहती वा क्षतिको कुनै विवरण नभएको त्याहाका सरकारी अधिकारीहरूले जानकारी दिए । सिन्ह्वा समाचार एजेन्सीका अनुसार अधिकारीहरूले दिउँसो २ बजे भूकम्प पश्चिमी प्रान्तको सारङ्गानी सहरबाट ३५२ किलोमिटर दक्षिणपूर्वमा ६४ किलोमिटर गहिराइमा गएको बताएका छन्।

इन्डोनेसियाको गोरोन्तालो प्रान्तमा बुधबार ६.३ म्याग्निच्युडको भूकम्प गएको र कुनै क्षति वा मानवीय क्षति नभएको जानकारी आएको छ । मौसम पूर्वानुमान महाशाखाले यो जानकारी दिएको हो । ब्यूरोले बिहान ६.३ बजे भूकम्प गएको र यसको केन्द्रबिन्दु बोन बोलाङ्गो जिल्लाबाट ६९ किलोमिटर दक्षिणपूर्वमा र समुन्द्री तलबाट १३८ किलोमिटर गहिराइमा रहेको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?