‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाठौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । 

आज हुने पहिलो खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्दैछ । त्यस्तै आजै हुने अर्को खेलमा शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङदीले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । सातौं चरणको खेलसम्म आइपुग्दा आर्मी क्लबले ४ खेलमा जीत र दुई खेलमा बराबरीको नजिता निकालेको छ ।

लिगको पहिलो खेलमा न्यूरोड टिम ‘एनआरटी’ र फ्रेण्ड्स क्लबसँग बराबरी खेलेको छ भने बाँकी खेलमा जीत हात पारेको छ । त्यस्तै यता ब्रिगेड ब्वाइज क्लबले भने एक खेलमा जीत र एकमा बराबरी गरेको छ । 

यता आजै हुने अर्को खेलमा मनाङ मस्याङदीले मछिन्द्रको सामना गर्दैछ ।

मछिन्द्रले अहिलेसम्म तीनमा बराबरी र तीन खेलमा हार बेहोरेको छ । मछिन्द्रले ३ अंक मात्र बनाएको छ । मनाङ मस्याङदी क्लबले भने अहिलेसम्म अपराजित छ । १८ अंक बनाएको मनाङलाई उपाधिको दावेदार टिम मानिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?