काठमाडौं । प्राईम कर्मसियल बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले सपथ ग्रहण गरेका छन् । प्राईम बैंक सञ्चालक समितिको यही पुस २९ गते बसेको सञ्चालक समितिको चार सय ५९ औँ बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।
श्रेष्ठले बिहीबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, प्राइम कमर्सियल बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया