एजेन्सी । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ ।
आइतवार राति भएको खेलमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको हो । एडीलेडमा पहिले ब्याटिङ गरेको भारतले पहिलो पारिमा संघर्षपुर्ण रुपमा ब्याटिङ गर्दै २ सय ५० रन बनाएको थियो ।
भारतका लागि चेतेश्वर पुजाराले १ सय २३ रनको पारी खेले । यता बलिङतर्फ अस्ट्रेलियाका जोस हेजलहुडले सर्वाधिक तीन विकेट हात पारे । यता मिचेल स्टार्क, पेट कुमिन्स र नाथन लियोनले समान दुई-दुई विकेट हात पारे ।
जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाको पहिलो पारी सबै विकेटको क्षतीमा मात्र २ सय ३५ रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि टिम हेडले सबैभन्दा बढि ७२ रन बनाए । यता बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र जसप्रित बुम्राहले समान तीन-तीन विकेट लिए ।
भारतले दोस्रो पारीमा थप ३ सय ७ रन बनाउँदै अस्ट्रेलियालाई ३ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सो लक्ष्य पक्ष्याएको घरेलु टिम दुई सय ९१ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि सन मार्सले ६० रन बनाए । अस्ट्रेलियालाई कम स्कोरमा रोक्न बुम्राह, आश्विन र मोहम्मद सामीले समा तीन-तीन विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया