काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौं किङग्स इलेभेनले विजयी शुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा सोमवार भएको पहिलो खेलमा सोमपाल कामीकाृ कप्तानीमा रहेको टिम काठमाडौं किङग्स इलेभेनले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै विजयी शुरुवात गरेको हो ।
चितवनले दिएको एक सय ६१ रनको लक्ष्य काठमाडौंले १८ दशमलब ५ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग¥यो । काठमाडौंका लागि भारतीय खेलाडी सुब्रामन आनन्दले सर्वाधिक ४३ रन बनाए ।
अमर सिंह रौटेलाले २१ रन, सागर पुनले ३९ रन, नरेश बुढाएरले २२ रन तथा अमित श्रेष्ठले १८ रन जोडेका थिए । यता चितवनका साहब आलमले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले १९ दशमलब ५ ओभरमा १ सय ६० रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन, पल स्टर्लिङले ३४ रन, सन्दीप सुनारले २५ तथा पृथु बास्कोटा २० नटआउट रन बनाए । काठमाडौंका संसद सेख र प्रदीप शाहले समान ३-३ विकेट लिए । जितपछि काठमाडौंले २ अंक जोडेको छ ।
चितवनले भने लगातार दोस्रो हार व्यहोरेको छ । चितवनले २ खेलबाट अंक जोड्न सकेको छैन । यसअघि भएको पहिलो खेलमा चितवन टाइगर्स ललितपुर प्याट्रीयट्ससँग ११ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया