अल नसरलाई पीएसजीले हरायो

लोकपथ
154
Shares

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । रियादमा बिहीबार राति भएको खेलमा पीएसजीले साउदीको अल नसरलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजी पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको थियो । खेलको तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै नसरलाई १-१ गोलको बराबरीमा ल्याए ।

Image

खेलको ३९ औं मिनेटमा जुवान बर्नेटले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । ४३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नसरलाई २-२ को बराबरीमा ल्याए । खेलको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गरेपछि पीएसजी ३-२ को अग्रता बनायो ।

Image

५६ औं मिनेटमा जाङ ह्युन सोले गोल गर्दै नसरलाई ३-३ को बराबरीमा ल्याएका थिए । ६० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई ४-३ को स्थितिमा ल्याए । खेलको ७८ औं मिनेटमा ह्युगो इकिटिकेले गोल गर्दा पीएसजी ५-३ ले अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा टलिस्काले गोल गरेपनि घरेलु तोलु ५-४ ले पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?