काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ।गत साता सम्पन्न भएको लिगमा स्पट फिक्सिङ भएको र सोमबार यस बारे विस्तृत विवरण सार्वजनिक गरिने सीआईबीले जनाएको छ ।
‘छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनको प्ररम्भिक अनुसन्धानबाट स्पट फिक्सिङ भएको निष्कर्ष निकालेका छौं ।’ सोमबार यसको सबै विवरण सार्वजनिक गर्ने छौँ । सीआईबीका प्रवक्ता कमल थापाले लोकपथसँग भने ।
टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिम्सिनाले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा फिक्सिङ भएको आरोप लगाएपछि स्पट फिक्सिङको कुरा बाहिरिएको थियो ।
कतिपयले सचिनको कुरालाई हावादारी कुरा भन्दै कमेन्ट गरेका भएपनि काठमाडौं नाईट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक जना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको बताएका थिए । त्यसपछि सचिनले लगाएको आरोपमा सत्यता भएको स्वीकार्न सबैलाई कर लागेको थियो ।
त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल टी-ट्वान्टी लिग क्रिकेटको पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको थियो । कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया