विद्युतीय बस नेपाल ल्याउने तयारी ‘एडभान्स’ टेक्नोलोजिको प्रयोग

 काठमाडौँ ।  चिनियाँ कम्पनी बिएकेले  निमार्ण गरेको विद्युतिय बस सुन्दर यातायात प्रालिले नेपालमा ल्याउन लागेको छ। उक्त बस चालकसहित ४५ सिट क्षमताको तीन ओटा गाडी भित्र्याएको छ।

उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर र अपाङमैत्री रहेको गाडीमा सिसि क्यामरा, जिपिएस जडान गरेको सुन्दर यातायातले जनाएको छ।

भाडा लेनदेनमा कठिनाइ नहोस् भन्ने उद्धेश्यले सुन्दर भेइकल पब्लिक रिचार्ज कार्डको व्यवस्था गर्न लागेको छ भने गाडीमा मोबाइलबाटै पैसा तिर्न मिल्ने प्रविधिसमेत रहेको  यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।

गाडीको परीक्षण गरेपछि एनसेल, एनटिसी लगायतका दूरसञ्चार प्रदायक कम्पनीसँग मोबाइलको ब्यालेन्सबाट भाडा तिर्न मिल्ने सम्झौता गरिने, त्यस्तै ईसेवा, खल्तीजस्ता ई पेमेण्ट कम्पनीहरूसँग सहकार्य गरिने  उनले बताए ।

 थापाका अनुसार सँगै जेष्ठ नागरिक, अपांगहरूलाई सरकारले तोकेको बाहेक पनि सहुलियत दिने संस्थाको उद्देश्य रहेको बताएका छन् ।  

गाडीको टायर र स्प्रिङ पत्ता परिवर्तन गरी ग्राउण्ड क्लेयरेन्स २३० एमएम बनाउने  थापाले जानकारी दिए। कम्पनीले यो गाडीलाई ७ वर्ष वारेन्टी प्रदान गरेको छ।

 थापाले यी गाडीमध्ये २ वटा रिङरोडमा र एउटा भित्री सडकमा चलाउने सुन्दर यातायातको लक्ष्य रहेको र  ३ वटै गाडी ३० दिनभित्र आइपुग्ने जानकारी दिए।

 सुन्दर यातायातका अनुसार गाडीको मूल्य करिब १ करोड ८७ लाख पर्ने सुन्दर यातायातले जनाएको छ।

विद्युतीय सवारीसम्बन्धी नियमावली नबनेको कारण व्यवसायीहरू लगानी गर्न आकर्षित हुन नसकेको  उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?