राष्ट्र बैंकले आगामी सोमबार १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने

लोकपथ
77
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सोमबार १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

माघ नौं गते अर्थात सोमबार अपरान्ह दुई बजेसम्म बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

माघ १० गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने उक्त ट्रेजरीमा ९१ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको तीन अर्ब ६० करोड रुपैंयाँ रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० बैशाख १२ गते र २०८० माघ ९ गते तोकिएका छन् ।

सो मध्ये तीन अर्ब ६० करोड रुपैंयाँको ट्रेजरी पुरानो नविकरण अन्र्तगत र सात अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल नयाँ राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही माघ दुुई गते पनि राष्ट्र बैकले पाँच अर्ब २० कारेड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?