काठमाडौं । दशौँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली मंगलवार थाइल्यान्डको चाङमाइ प्रस्थान गर्ने भएका छन् ।
पुरुष ७५ केजीमा महेश्वर महर्जन तथा पुरुष फिट्नेस फिजिकमा विमललाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले सोमवार एक कार्यक्रमकाबीच बिदाइ गरे ।
प्रतियोगिता मंसिर २५ देखि पुस २ गतेसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया