‘क्याप्टेन’ पोस्टर रिलिज, अनमोलसँगै सुनील र प्रशान्त

काठमाडौँं । युवास्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । दिवाकर भट्टराई निर्देशित उक्त फिल्मका दुई पोस्टरमा अनमोललाई नै स्थान दिइएको छ ।

आउँदो बिहीवार गीत रिलिज गर्ने लक्ष्य लिएको निर्माण टिमले तीन दिनअघि पोस्टर सार्वजनिक गरेको हो । दुवै पोस्टरमा अनमोलका खेलाडी रुपलाई देखाइएको हो ।

यस्तै एक पोस्टरमा अनमोलसँगै प्रशान्त ताम्राकार र सुनील थापालाई पनि देखाइएको छ ।

यसै वर्ष फागुन १७ गते रिलिज हुने भनिएको यो चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् । यस्तै चलचित्रमा कथा सामीप्यराज तिमिल्सिनाको रहेको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ ।

चलचित्रमा राजाराम पौडेल, विल्सन विक्रम राई, सरोज खनाल, बुद्धि तामाङ, उपासना सिंह ठकुरी, प्रियंका एभी लगायतका कलाकारले अभिनय गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?