इंग्लिस प्रिमियर लिग : एभर्टनले वाटफोर्डसँग बराबरी खेल्यो

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत एभर्टन र वाटफोर्डबीचको खेल बराबरीमा सकिएको छ । 

सोमवार राति सम्पन्न भएको १६ औँ चरणको अन्तिम खेलमा एभर्टनले वाटफोर्डसँग दुई-दुई गोलको बराबरी खेल्दै समान एक-एक बाडेको हो ।

खेल शुरु भएको १५ औँ मिनेटमा एभर्टनका लागि रिचार्लिसनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्म खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको एभर्टनका लागि खेलको ६३ औँ मिनेटमा कोलेमनले आत्मघाती गोल गरे ।

त्यसको दुई मिनेटमा नै डाउकोरेले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । रोमाञ्चक बनेको खेलको इन्जुरी समयमा लुकास डिग्नले फ्रिकिकमार्फत आएको बललाई सदपयोग गर्दै गोलपोष्टको जाली चुमाए र खेललाई २-२ गोलको बराबरीमा ल्याउन सफल भए ।  

बराबरीपछि एभर्टन २४ अंकका साथ तालिकाको सातौ स्थानमा उक्लिएको छ । यता वाटफार्ड भने २१ अंकका साथ १२ औँ स्थानमा उक्लिएको छ । अहिलेसम्म ४२ अंक बनाएको लिभरपुल लिगको शीर्ष स्थानमा छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?