फ्रान्सका राष्ट्रपति म्याक्रोद्वारा तलब वृद्धि र कर छुटको घोषणा

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् ।

महंगीविरुद्ध आन्दोल चर्किएपछि दबावमा परेर उनले सो निर्णय गरेका हुन् । 

टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेका हुन् ।

कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर खारेज गरेको बताएका छैन् भने ओभर टाइमको आम्दानीमा पनि अब कर नलाग्ने भएको छ । 

रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका थिए । 

इन्धनमा लगाइएको करले अत्यधिक मूल्य वृद्धि भएको र त्यसको मारमा सर्वसाधारण जनता परेको भन्दै फ्रान्समा विगत चार हप्तादेखि सरकारविरुद्ध आन्दोलन जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?