काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७१ करोड १८ लाख ५१ हजार छ सय छ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ९१ करोड ९५ लाख पाँच हजार सात सय १६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५४ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा दुई खर्ब ८२ अर्ब ११ करोड ९० लाख ५२ हजार दुई सय सय ७१ रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब १८ अर्ब छ करोड ९० लाख दुई हजार तीन सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ अर्ब ६५ करोड २२ हजार पाँच सय ६५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव छ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ८७ करोड ८९ लाख ८८ हजार छ सय ६१ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ५८ अर्ब १४ करोड ४२ लाख ९७ हजार ६४ रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब १० अर्ब १८ करोड ३७ लाख ६४ हजार २६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा चार अर्ब ५२ करोड ३२ लाख २५ हजार तीन सय २० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६१ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया