प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । 

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्दैछ ।

बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक व्यवस्थाअनुसार संबैधानिक परिषद्बाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । 

शनिबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।

प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दिपक राज जोशीमध्ये एकलाई परिषद्ले सिफारिस गर्नुपर्नेछ । 

जोशीलाई संवैधानिक परिषद्ले सिफारिस गरेपनि संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थिएन । जोशीका शैक्षिक प्रमाणपत्रका विषयमा विवाद देखिएपछि उनको अनुमोदन भएको थिएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?