आईएमई लाइफ इन्स्योरेन्सका सीओटीसहित ३४ एमडीआरटी सम्मानित

लोकपथ
14
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुमध्ये सन् २०२३ को लागि एक सीओटीसहित ३४ जना एमडीआरटी सम्मानित भएका छन् ।

कम्पनीले एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त अवसरमा एमडीआरटीको रुपमा सम्मानित हुनेमा डडेलधुरा शाखाका नरेन्द्रसिंह भाट छन् । उनले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरणसमेत स्थापित गरेकोका गौरवान्वित महसुस भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताएका छन् ।

समय सापेक्ष कम्पनीको बजार नीतिको कारणले सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित भएकाले अहिलेको आर्थिक रुपले विषम परिस्थितिमासमेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले एमडीआरटी उपलब्धि हासिल गरेको कम्पनीका प्रमुख सञ्चालक अधिकृत दिनेश अमात्यले बताए ।

एमडीआरटी अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एक विदेशी संस्था हो । यहाँ ७२ देशका ५०० कम्पनी सामेल छन् । प्रधान कार्यालय अमेरिकामा रहेको यस संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका व्यक्तिहरु सहभागी हुन पाउँछन् ।

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्था मार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने ब्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?