सामलिङ पावर कम्पनीले ९ दशमलव  ५१ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने

काठमाडौं । सामलिङ पावर कम्पनीले ९ दशमलव  ५१ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण गर्ने भएको छ

एक अर्ब ३९ करोड रुपैयाँको क्रणको रेटिङ गराएको यो पावर कम्पनील चाडैं नै जलविद्युत आयोजना निर्माण काम गर्न लागेको बताइएको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले दीर्घकालिन ऋणको लागि इक्रा एनपि डबल वि माइनसु प्राप्त गरेको हो । 

यसले मध्यम किसिमको जोखिम रहेको संकेत गर्दछ । कम्पनीले इलाम जिल्लामा माई बेनी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने भएको हो । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग हिउँदमा प्रति युनिट ८ दशमलव ४० रुपैयाँ र वर्षामा प्रति युनिट ४ दशमलव ८० रुपैयाँमा खरिद सझौता पनि गरिसकेको छ ।

विद्युत उत्पादन केन्द्रदेखि सबस्टसेन ४ किलोमिटरको दुरीमा रहेको हुँदा विद्युत बिक्रीको लागि कुनै समस्या नभएको अध्ययनमा छ ।

संस्थापक लगानीकर्ताले आयोजना निर्माणको लागि पूँजीको ५७ प्रतिशत भूक्तानी गरिसकेका छन् । आयोजनाको निर्माण साढे चार वर्ष लाग्ने बताइएको छ। 

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लागतको ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत शेयर पूँजीबाट जुटाउने पावर कम्पनीले जनाएको छ ।कम्पनीको प्रमुख लगानीकर्तामा सीई कन्स्ट्रक्सन, उर्जा डेभलपर, मोहन विक्रम कार्की, बाल गोपाल बैद्य र ग्राण्डी होल्डिङ प्राइभेट लिमिटेड रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?