बेलायत । बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले सिट बेल्ट नलगाई आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए ।
ट्राफिक नियमको उल्लंघन गरेको भन्दै लन्काशायर प्रहरीले उनलाई ५० पाउण्ड जरिवाना गरेको हो ।
२८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।
सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने प्रावधान छ । यसैबीच, प्रधानमन्त्री सुनकले माफी मागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया