प्रहरीलाई फोन गरी लखनउ एयरपोर्टमा विस्फोट गराउने धम्की

लोकपथ
133
Shares

काठमाडाैं । भारतको उत्तर प्रदेशको आपतकालीन नम्बर ११२ मा फोन गरेर एक व्यक्तिले लखनउ एयरपोर्टलाई विस्फोट गराउने धम्की दिएका छन् । धम्की दिने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार युपीको आपतकालीन नम्बर ११२ नम्बरमा कल आयो । कल उठाउँदै युवकले लखनउको चौधरी चरण सिंह एयरपोर्टमा बम रहेको र एयरपोर्ट उडाइदिने घम्की दिए । बमको सूचना पाएपछि नगर प्रहरी प्रशासनमा हलचल मच्चियो । प्रहरीले साइबर व्यूरोको सहयोगमा धम्की दिने व्यक्तिलाई ट्रेस गरी अलीगञ्जबाट हिरासतमा लिएको थियो।
हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

युवकलाई सोधपुछ गर्दै सरोजिनीनगर प्रहरीका इन्स्पेक्टर सन्तोषकुमार आर्यले भने, ‘धम्की दिने व्यक्ति सुनिल साङ्वान रहेका छन् । सरोजनीनगर प्रहरीले सोधपुछ गरिरहेको छ । धम्की दिने युवकको मानसिक सन्तुलन ठीक छैन । जसका कारण उनले यो कल गरेका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?