बंगलादेश । नेपाल रत्नजित तामाङ्ग बंगलादेशमा जारीे योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलवार भएको पुरुष एकलतर्फको खेलमा रत्नजितले भारतका अङकुर साङ्गपाङ्ग राईलाई २१–११, २५–२३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । दोस्रो चरणमा तामाङले मलेसियाका जुल्हेल्मी जुल्किफ्लीको सामना गर्नेछन् । अर्का खेलाडी दिपेश धामी भने पराजित भए ।
धामी ईन्डोनेसियाका क्रिष्टियन एडिनाटासँग २१–१८ र २१–१३ ले पराजित भए ।
यता पुरुष जोडीमा भने रत्नजित र दिपेशको जोडी बाई प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका छन् ।
त्यस्तै महिला जोडीमा पनि नङ्गशल देवी तामाङ्ग र अमिता गिरीको जोडीले मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाईनल यात्रा तय गरेका छन् भने मिश्रीत जोडीतर्फ दिपेश धामी र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया