सनराईज बैंकको दोस्रो त्रैमासिक नाफा ६५ करोड ३९ लाख

लोकपथ
21
Shares

काठमाडौं । सनराईज बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ६५ करोड ३९ लाख ५७ हजार दुई सय ५३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ७४ करोड ५५ लाख ४४ हजार छ सय १० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार आठ सय नौ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ३१ अर्ब ६६ करोड २८ लाख ३१ हजार दुई सय ४६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ८७ करोड ५३ लाख पाँच हजार २२ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब ९१ करोड ५७ लाख ३५ हजार २२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने एक करोड ६१ लाख १५ हजार सात सय ५३ रुपैयाँले ऋणात्मक रहेको बैंकको स्प्रेड दर भने चार दशमलव एक प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६० करोड ६२ लाख ५६ हजार आाठ सय ८३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २० अर्ब सात करोड ६० लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा एक अर्ब ८३ करोड तीन लाख ६७ हजार एक सय ५७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव ९० प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?