इन्टरनेटमा भेटिएको बिभिन्न ट्याटुका तस्वीरहरु

एजेन्सी । प्रायः मानिसहरु ट्याटु किन खोप्छन्? यसको उत्तर  प्रतिव्यतिm  अनुसार फरक हुनसक्छ । शरिरका बिभिन्न अंगहरुमा ट्याटु खोपाउने प्रचलन निकै पुरानो मानिन्छ ।

तर अहिले जसलाई ट्याटु नाम दिईएको छ चित्र खोप्ने भनिन्थ्यो  नेपालमा पनि परापुर्वकाल देखि नै धर्मीक  विश्वासका आधारमा नेवार,थारु गुरुङ तामाङ र मगर आदि  समुदायमा ट्याटु खोप्ने परम्परा रहेको छ ।

मरेपछि केहि लान नमिल्ने तर आफ्नो अंगमा रहेको चित्र वा निशानी आफुसंगै जान्छ भन्ने धारणमा मानिसहरुले भगवानको चित्रहरु, कमलको फुल, आफ्नो नाम,अदि खोपाउने गरेको पाईथ्यो ।

हाल नेपालमा चित्र खोप्ने तथा ट्याटु बनाउने कार्य व्यवसायीक बन्दै गइरहेको छ । युवा पुस्तामा ट्याटु खोपाउनेको जमात पनि ठुलो हुदै गएको छ ।

साथै यस्ता ट्याटु  खोप्ने  व्यवसायीहरु पनि बढेको देखिन्छ । हाल इन्टरनेटमा भेटिएको बिभिन्न ट्याटुका तस्वीरहरु जसले मानिसलाई  आश्र्चय चकित बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?