‘आप्पा’ का दुई पोस्टरमा बाबु बने दयाहाङ

काठमाडौं । दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’ का दुई पोस्टर सार्वजनिक भएका छन् । साथै फिल्मले पोस्टरसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ ।

अनमोल गुरुङले निर्देशन गरेको यो फिल्म दार्जिलिङका विभिन्न स्थानमा खिचिएको छ । फिल्मको निर्माणमा माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको सहकार्य गरेका छन् ।

बाबुछोराको सम्बन्धमा आधारित फिल्मको पटकथा अनमोल गुरुङ र उमेश उपमाले मिलेर लेखेका हुन् । चलचित्रलाई शैलेन्द्र डी. कार्कीको छायांकन रहेको छ भने निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

रुदेन सादा लेप्चाले निर्माण गरेको यो फिल्म आउँदो वर्षको जेठ २४ गते निर्माण हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?