विधानसभा चुनावमा कांग्रेसको जीत, अध्यक्ष गान्धीले कसलाई दिदैछ मुख्यमन्त्रीको जिम्मेवारी ?

एजेन्सी । भारतको भएको पाँच राज्यको विधानसभाको नजिता निस्किएको छ । 

सन् २०१९ मा भारतमा हुने आम चुनावको पहिले भएको पाँच राज्यको विधानसभाको नजिता सार्वजनिक गरेको हो । कांग्रेसले राजस्थान, छत्तीसगढ र मध्यप्रदेशमा भारी मतले विजयी भएको छ ।

कांग्रेसले मध्यप्रदेशमा सबै भन्दा मत प्राप्त गर्दै सबैभन्दा शक्तिशाली पार्टीको उदाहरण समेत दिएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले विधान सभाको नजिता आएकै दिन एक वर्ष समेत पुरा गरेका छन् ।

कुनै समय भारतमा आफ्नो पकड बनाएको भारतिय जनता पाटी ‘बीजेपी’लाई समेत अध्यक्ष गान्धीले पराजित गरेको थियो । 

जितसँगै अध्यक्ष गान्धीले कसलाई मुख्यमन्त्री बनाउँदै भन्ने अहिले भारतमा चर्चाको विषय बनेको छ । गान्धीले दुई नेता सचिन पायलट र कमल नाथ कसलाई मुख्य मन्त्रीको जिम्मेवारी दिनेछन् । त्यसबारे भने अहिलेसम्म केही खुलाइएको छैन् ।

मध्य प्रदेश र राजस्थानमा कमल नाथ र सचिन पायलठ प्रमुख मुख्यमन्त्री पदको हकदार भएको बताइएको छ । हालै मात्र राजस्थानका प्रमुख नेता अशोक गहलोतलाई अखिल भारतीय कांग्रेस समितीको महासचिवमा नियुक्त समेत गरेको थियो । 

यसैवर्षको मे महिनामा मात्र नेता कमल नाथलाई मध्य प्रदेश शाखाको अध्यक्ष बनाइएको थियो । उनले ६५ राजकीय सरकारी कर्मचारी संघ, अलग-अलग सामाजिक, धार्मिक र आर्थिक समूहमा पहुच बनाउँदै मत आफ्नो पक्षमा पारे ।

त्यति मात्र हैन उनले मध्य प्रदेशमा कांग्रेसको समर्थन जुटाउन भोपालको ९ श्यामला हिलमा अवेर रातिसम्म बैठक बसेको समेत बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?