फ्रान्समा अन्धाधुन्दा गोल चल्दा तीनको मृत्य, १२ जना घाइते

एजेन्सी । फ्रान्सको भएको गोलीबारीमा परि तीन जनाले ज्यान गुमाएका छन् ।  

फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गमा मंगलवार राति भएको गोलीबारीमा तीन  जनाले ज्यान गुमाएका छन् भने १२ जना भन्दा बढि घाइते समेत भएका छन् । नजिकिदो क्रिसमसलाई मध्यनजरमा राख्दै बनाएको बजारमा अपरिचित व्यक्तिले अन्धाधुन्दा गोल चलाएका थिए ।

ती व्यक्तिले धेरै भिड भएको स्थानमा गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा जनाएको छ । अहिलेसम्म फ्रान्सेली प्रहरीले गोल चलाउने व्यक्तिलाई समात्न नसकेको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?