टोट्नह्याम च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

एजेन्सी । इंग्लिस क्लब टोट्नह्याम जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । 

मंगलवार राति सम्पन्न भएको खेलमा टोट्नह्यामले स्पेनी क्लब बार्सिलोनासँग एक-एक गोलको बराबरी खेलेपनि अनकुल नतिजा निस्किएपछि अघिल्लो चरणको यात्रा तय गर्न सफल भएको हो ।

जारी च्याम्पियन्स लिगमा टोट्नह्याम भाग्यमानी टिम बन्दै नकआउट चरणमा पुगेका हो । खेल शुरु भएको ७ मिनेट पनि बित्न नपाउँदै बार्सिलोनाका लागि उसमान डेम्बेलेले पपहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले पछाडि रहेको टोट्नह्यामले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ८५ औँ मिनेटमा लुकास मौराले गोल गरे । बराबरीपछि दुवै टिमले समान एक-एक बाडेका छन् ।

यसअघि नै नकआउट चरणमा पुगेको बार्सिलोना १४ अंक बनाएको छ । 

इटालियन क्लब इन्टर मिलानले पीएसभीसँग बराबरी खेल्दै अंक बाड्यो । इन्टर मिलानसँग समान ८-८ अंक बनाएपनि टोट्नह्याम अघिल्लो चरणमा पुगेको हो । जितपछि टोट्नह्याम प्रशिक्षक माउरिसियो पोचिटिनोले अप्रत्यासित नतिजा निस्केको प्रति खुशी व्यक्त गरे । 

‘म क्लबको समर्थकहरु प्रति खुशी बाड्न चाहन्छु, यो जीत क्लबको लागि ठूलो उपलब्धी समेत हो’, उनले बताए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?