दुरसंचार प्राधिकरणले नयाँ टेलिकम कम्पनीका लागि बाटो खुल्ला गर्ने

काठमाडौं । नेपाल टेलिकम र एनसेलले बजारको ठुलो हिस्सा ओगटिरहेको बेला नेपाल दुरसंचार प्राधिकरणले नयाँ टेलिकम कम्पनीका लागि बाटो खुल्ला गर्ने तयारी गरेको छ।

बजारमा दुई वटा कम्पनीहरुबीच प्रतिस्पर्धा भइरहेको र यसले छनौटको अवसरलाई खुम्चाएको भन्दै नियमकले नयाँ कम्पनीलाई बाटो खुलाउने तयारी गरेको हो ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाका अनुसार हाल नेपाल टेलिकम र एनसेलले बजार  ओगटीरहेको बेला नयाँ कम्पनीलाई प्रबेश गराउने तयारी भएको बताए ।

उनले भने, ‘युटिएल आफै बन्द हुने अवस्थामा पुगेको र एउटा भएको स्मार्टलाई हामीले पर्खेर बसेका छौं, स्मार्टले पनि खासै छनक ल्याएन भने हामी नयाँ कम्पनीका लागि बाटो खोल्ने तयारीमा छौँ’ ।
स्मार्ट टेलिकमले अहिले बजारमा खासै सेवा विस्तार गर्न सकिरेहको छैन। ७ सय  र २६ सय ब्यान्डमा रहेको फ्रिक्वेन्सी नयाँ कम्पनीका लागि पनि खुल्ला गरी खुल्ला प्रतिस्पर्धाबाट दिएर टेलिकम सेवा संचालनका लागि अनुमति दिने तयारीमा प्राधिकरण रहेको छ।

यसअघि पहिले कम्पनी स्थापना गर्ने पछि फ्रिक्वेन्सी दिने अभ्यास रहेको थियो। दुरसञ्चार प्राधिकरणसँग उपलब्ध फ्रिक्वेन्सी वितरण गर्ने कार्यविधि तथा नियमावली पारित भएर आएसँगै अब वितरणको प्रक्रिया अघि बढाएको झाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?