सिटिजन बैंकले शेयरधनीलाई पाँच प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । 

आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४ सय को तीन दशमलव ६२ ले हुने २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ । 

त्यस्तै चुक्ता पूँजीको एक दशमलव ६३ प्रतिशले हुने १३ करोड १३ लाख ५६ हजार १४३ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो सम्बन्धी जानकारी बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले गरेको बुधवार नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाबाट पारित भएपछि लागू हुनेछ । बैंकले आव २०७४/७५ मा  ९६ करोड ४९ लाख १२ हजार वितरणयोग्य नाफा आर्जन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?