एन्फाद्वारा मोफसल फुटबलको वर्गिकरण मापदण्ड तयार

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले मोफसलमा आयोजना हुने गोल्डकप फुटबल प्रतियोगिताको लागि वर्गिकरण मापदण्ड तयार पारेको छ । 

एन्फाले उपत्यकाबाहिर हुने मोफसलका गोल्डकपलाई नियमित र व्यवस्थित बनाउने भन्दै दुई श्रेणीमा प्रतियोगिताको वर्गिकरण मापदण्ड तयार पारेको जनाएको छ । 

कृष्ण थापा नेतृत्वको समितिले मोफलका प्रतियोगिताको वर्गिकरण मापदण्ड तोकेको हो । फुटबल आयोजनाको लागि अव स्विकृती लिएका आयोजकले मापदण्डका आधारमा प्रतियोगिताको वर्गिकरण प्राप्त गर्नेछन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?