किरण माल्दिभ्स फुटबल अवार्डको उत्कृष्ट गोलरक्षकको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन् । 

माल्दिभ्स फुटबल डट कम र माल्दिभ्स फुटबल संघले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट गोलकिपरको मनोनयनमा चेम्जोङ परेका हुन् । अवार्ड विजेताको घोषणा यहि डिसेम्बर १९ मा हुनेछ । 

माल्दिभ्सको टिसी स्पोटर्सबाट व्यवासायिक लिग खेलिसकेका किरण वर्षको उत्कृष्ट गोलकिपरको मुख्य दोबदार समेत हुन् । किरणसँगै मोहमद फैसल र सुजन परेरा समेत मनोनयनमा परेका छन्।

क्लबलाई लिग जिताउन किरणले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?