आरबीआईका गर्भनरमा शक्तिकान्त नियुक्त

एजेन्सी । आरबीआईका गर्भनरमा भारतका पूर्व निजामति कर्मचारी शक्तिकान्त दास नियुक्त भएका छन् । 

सोमबार आरबीआईका गर्भनर उर्जित पटेलले राजीनामा दिएपछि केन्द्र सरकारले दासलाई चुनेको हो । शक्तिकान्तको कार्यकाल तीन वर्षको हुनेछ । 

दास अर्थ सचिव रहिसकेका पूर्व कर्मचारी हुन् । हाल उनी १५ औं वित्त आयोगका सदस्य थिए । पटेलको राजीनामापछि सम्भावित गर्भनरहरुको नाममा शक्तिकान्त दासको नाम पनि उल्लेख थियो ।

सन् २०१६ मा नोटबन्दीको समयमा दासले महत्वपूर्ण भूमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?