काठमाडौं । फाईनान्स कम्पनीहरुको खुद मुनाफामा संकुचन आएको छ । नेपालमा हाल सबै किसिमका गरी १७ वटा फाईनान्स कम्पनीहरुले वित्तीय कारोबार सञ्चालन गर्दे आएका छन् ।
ति मध्ये यही माघ ११ गते बुधबार सम्ममा १३ वटा फाईनान्सहरुले चालु आर्थिक बर्षको अपष्किृत वित्तीय विवरण सार्वजनिक गरेकोमा एकाध बाहेक सबैजसो फाईनान्सहरुको खुद मुनाफा घटेको देखिएको छ ।
वित्तीय विवरण सार्वजनिक गरेका मध्ये तीन वटाको नाफा बढेको छ भने आठ वटाको नाफा घटेको छ । यस अवधिमा प्रोग्रेसिभ र सेन्ट्रल फाईनान्स भने खुद नोक्सानीमा गएका छन् ।
चालु आवको दोस्रो त्रैमासमा नाफा बढाउन सफल भएका फाईनान्सहरुमा मञ्जुश्री, गोर्खाज र पोखरा फाईनान्स रहेका छन् । यि फाईनान्सहरुले क्रमशः १३ करोड ६५ लाख २९ हजार, छ करोड ७१ लाख ५७ हजार र तीन करोड ५५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि फाईनान्सहरुको यस्तो नाफा सात करोड ५३ लाख ८९ हजार, एक करोड ९३ लाख ५५ हजार र दुई करोड ९६ लाख १६ हजार रुपैंयाँ रहेको थियो ।
यि बाहेकका गुडविल, आईसीएफसी, श्री इन्भेष्टमेन्ट, जानकी, नेपाल, बेष्ट, गुहेश्वरी मर्चेन्ट र मल्टिपर्पस फाईनान्सको नाफा भने घटेको छ । यि फाईनान्सहरुले चालु आवको दोस्रो त्रैमासमा क्रमशः चार करोड ६९ लाख ४३ हजार, तीन करोड ९१ लाख ६५ हजार, दुई करोड सात लाख ३७ हजार, एक करोड ४५ लाख ९२ हजार, एक करोड ३४ लाख ७९ हजार, ९७ लाख दुई हजार, ७२ लाख १९ हजार र २३ लाख ३१ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यि फाईनान्सहरुको यस्तो नाफा सात करोड ९१ लाख ९१ हजार, नौं करोड २६ लाख ५४ हजार, चार करोड ६२ लाख तीन हजार, तीन करोड ५५ लाख ८९ हजार, तीन करोड ३२ लाख ९३ हजार, १४ करोड दुई लाख नौं हजार, दुई करोड ८६ लाख ७० हजार र ४६ लाख २७ हजार रुपैंयाँ रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासिक अवधिमा सेन्ट्रल फाईनान्सले ८९ लाख ६७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोर्दा प्रोग्रेसिभ फाईनान्सले पनि एक करोड ३० लाख २५ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको थियो । गत आवको सोही अवधिमा यि दुई फाईनान्सहरुको यस्तो नाफा तीन करोड ५० लाख र दुई करोड ४१ लाख ६४ हजार रुपैंयाँ रहेको थियो ।
कुन फाईनान्सको नाफा कति ?
क्रस फाईनान्सको नाफा २०७९ पुस मसान्त २०७८ पुस मसान्त
१) मञ्जुश्री फाईनान्स १३६५२९ ७५३८९
२) गोर्खाज फाईनान्स ६७१५७.०९ १९३५५.४०
३) गुडविल फाईनान्स ४६९४३.१० ७९१९१.३७
४) आईसीएफसी फाईनान्स ३९१६५.०८ ९२६५४.७२
५) पोखरा फाईनान्स ३५५७५.६० २९६१६.५०
६) श्री इन्भेष्टमेन्ट फाईनान्स २०७३७.८२ ४६२०३.०६
७) जानकी फाईनान्स १४५९२.४६ ३५५८९.१८
८) नेपाल फाईनान्स १३४७९ ३३२९३
९) बेष्ट फाईनान्स ९७०२.२७ १४०२०९.३७
१०) गुहेश्वरी मर्चेन्ट फाईनान्स ७२१९ २८६७०
११) मल्टीपर्पस फिनान्स २३३१.६० ४६२७.८१
१२) सेन्ट्रल फाईनान्स ८९६७.०९ ३५००३.७३
१३) प्रोग्रेसिभ फाईनान्स १३०२५.०३ २४१६४.८९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया