च्याम्पियन्स लिग : युभेन्ट्स र म्यान्चेस्टर युनाइटेड नकआउट चरणमा प्रवेश

एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड समूह ‘एच’को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधवार राति सम्पन्न भएको समूहको अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेड भ्यालेन्सियासँग २-१ गोल अन्तरले पराजित भएपनि अघिल्लो चरणमा पुगेको हो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा फिल जोन्सले आत्मघाती गोल गरेपछि म्यान्चेस्टर युनाइटेड स्तब्ध बनेको हो । भ्यालेन्सियाका लागि खेल शुरु भएको १७ औँ मिनेटमा नै कार्लोस सेलोरले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले पछाडि रहेको युनाइटेडका लागि जोन्सले आत्मघाती गोल गरे । दवावपूर्ण खेलको ८७ औं मिनेटमा मार्कुस रास्फोर्ड एक मात्र सान्त्वना गोल फर्काए पनि त्यो जितको लाथि प्रयाप्त भएन । 

म्यान्चेस्टर युनाइटेडले ६ खेलबाट १० अंक बनाएको छ । ८ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ । 

यसै समूहबाट युभेन्ट्स भने समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । बिहीवार राति भएको खेलमा युभेन्ट्स योङग ब्वाइजसँग २-१ गोल अन्तरले पराजित भयो ।

योङग ब्वाइजको जीतमा खेलको ३० औँ र ६८ औँ मिनेटमा होराउले दुई गोल गरे । उनले एक गोल भने पेनाल्टीमार्फत गरेका थिए । यता युभेन्ट्सका लागि भने डिबालाले एक मात्र गोल फर्काए । हारका बाबजुत पनि १२ अंक बनाएको युभेन्ट्स समुह विजेता बन्दै अघिल्लो चरणमा पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?